केएमसीका विद्यार्थीले गरे बागबजारदेखि वसन्तपुरसम्म सरसफाइ

काठमाडौं । काठमाडौंको बागबजारमा रहेको काठमाडौं मोडेल कलेज (केएमसी) का प्लस टू अध्ययनरत विद्यार्थीले शनिबार सरसफाइ कार्यक्रम गरेका छन् ।
केएमसी स्टुडेन्ट्स कमिटीअन्तर्गतको इको क्लब आबद्ध विद्यार्थीले शनिबार बिहान बागबजारदेखि एनएसी हुँदै वसन्तपुरसम्म सरसफाइ गरेका हुन् । सरसफाइमा करिब ४० विद्यार्थीको सहभागिता थियो ।
‘देशको सुन्दरता, हाम्रो प्रतिबद्धता, काठमाडौंको फोहोर व्यवस्थापन एक जटिलता’ नारा दिएर आयोजना गरिएको सरसफाइ कार्यक्रम बिहान ८ बजे सुरु भएर ११ बजेसम्म चलेको थियो ।
जथाभावी फोहोर फाल्न हुँदैन भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले शनिबार सरसफाइ कार्यक्रम सञ्चालन गरिएको इको क्लबले जनाएको छ ।
तस्बिर सौजन्य : दिवस अम्गाईं
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया