केएमसीका विद्यार्थीले गरे बागबजारदेखि वसन्तपुरसम्म सरसफाइ
काठमाडौं । काठमाडौंको बागबजारमा रहेको काठमाडौं मोडेल कलेज (केएमसी) का प्लस टू अध्ययनरत विद्यार्थीले शनिबार सरसफाइ कार्यक्रम गरेका छन् ।
केएमसी स्टुडेन्ट्स कमिटीअन्तर्गतको इको क्लब आबद्ध विद्यार्थीले शनिबार बिहान बागबजारदेखि एनएसी हुँदै वसन्तपुरसम्म सरसफाइ गरेका हुन् । सरसफाइमा करिब ४० विद्यार्थीको सहभागिता थियो ।
‘देशको सुन्दरता, हाम्रो प्रतिबद्धता, काठमाडौंको फोहोर व्यवस्थापन एक जटिलता’ नारा दिएर आयोजना गरिएको सरसफाइ कार्यक्रम बिहान ८ बजे सुरु भएर ११ बजेसम्म चलेको थियो ।
जथाभावी फोहोर फाल्न हुँदैन भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले शनिबार सरसफाइ कार्यक्रम सञ्चालन गरिएको इको क्लबले जनाएको छ ।

तस्बिर सौजन्य : दिवस अम्गाईं
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया