आलमविरुद्धको मुद्दाको पेसी आज
काठमाडौं । इँटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका मोहम्मद अफताब आलमको मुद्दाको अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
जिल्ला अदालत रौतहटले आलमको मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिएको जनाएको छ ।
यसअघि गत कात्तिक तेस्रो साता अदालतले सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । दुवै पक्षबाट बहस नोट प्राप्त भइसकेपछि अदालतले मुद्दाको अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको हो ।
०६४ सालको पहिलो संविधानसभा निर्वाचन अगाडि रौतहटको राजापुरमा भएको बम विस्फोटको पोल खुल्ने डरले त्यसका घाइतेलाई जिउँदै इँटा भट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता आलममाथि छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया