‘कन्टेन्ट क्रिएटर’ लाई अपट्रेन्डलीको सम्मान
काठमाडौं । देशभरका उत्कृष्ट ‘कन्टेन्ट क्रिएटर’ लाई अपट्रेन्डली मिडियाले सम्मान गर्ने भएको छ । खानपान तथा रेस्टुरेन्ट जीवनशैलीका कथालाई सिर्जनात्मक भिडियो सामग्री बनाई सामाजिक संजालमार्फत प्रचारप्रसार गर्दै आएका क्रिएटरलाई अपट्रेन्डली संस्थाले सम्मान गर्न लागेको हो । अपट्रेन्डली संस्थाका सीईओ मनायक कार्कीले खानपान संस्कृतिका कथालाई प्रचारप्रसार गर्न देशभर छरिएका फुड ब्लगर, कन्टेन्ट क्रियटरलगायत सिर्जनाकर्तालाई माघ १७ गते दरबारमार्गमा ‘क्रिएटर अनर्स–२०२४’ कार्यक्रम आयोजना गरी सम्मान गरिने जानकारी दिए ।
‘समारोहमा देशभर छरिएका झन्डै २ सय जना प्रभावशाली सिर्जनाकर्तालाई सम्मान गर्दैछौं,’ सीईओ कार्कीले भने, ‘होटल, पर्यटन विधाअन्तर्गत खानपान शैलीलाई विस्तार गर्न हामीले पहिलो पटक सम्मान गर्न लागेका हौं । यो प्लेटफर्मले स्मार्टफोन र स्मार्ट दिमाग भएकाहरुलाई थप सशक्त बनाउने अपेक्षा गरेका छौं ।’
समारोहमा खाद्य परिकारसँग सम्बन्धित विविधता सिर्जना गर्दै आएका उदयमान सिर्जनकर्ता, प्रतिष्ठित ब्लगर, राइजिङ स्टार, ब्रेक–थ्रु फूड कन्टेन्ट अफ द इयर, स्थानीय खानामा सबैभन्दा उत्कृष्ट शोकेस, उत्कृष्ट ब्रान्ड, ट्रेन्डको उत्कृष्ट प्रयोग, अडियो÷भिडियोको उत्कृष्ट प्रयोग, फ्लोर लभ अवार्ड आदि विधाका पुरस्कार समेटिएका छन् ।
प्रतिस्पर्धीहरुलाई कान्तिपुर पब्लिकेसन्स् लिमिटेडका सीईओ महेश स्वा“र, होटल याक एण्ड यतिका महाप्रबन्धक मोनिका शेइब्लाउर, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी थापा र ब्लगर मानसी अग्रवालको निर्णयका आधारमा पुरस्कृत गरिने छ । अपट्रेन्डीले यो अभियान कान्तिपुर पब्लिकेसन्स् लिमिडेट, नेपाल पर्यटन बोर्ड, पेन्टहाउस रुफटप बार एण्ड लाउन्ज, हार्ड रक क्याफेस“गको साझेदारीमा आयोजना गर्न लागेको बताएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया