अनेकतामा एकता कायम गर्न चाडबाडको महत्वपूर्ण योगदान : अध्यक्ष नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वका माध्यमबाट एकापसमा एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् ।
अध्यक्ष नेपालले माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा आज शुभकामना दिँदै धार्मिक, सांस्कृतिक, जातीय एवं भाषिक विविधताको संरक्षणबाट राष्ट्रिय एकता सुदृढीकरण गर्न सकिने उल्लेख गरे ।
साझा नेपाली पहिचानसहित अनेकतामा एकता कायम गर्नमा यस्ता चाडबाडको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले नेपालीले आ–आफ्नो मौलिकताका साथ मनाउने मकर सङ्क्रान्ति अर्थात् माघी पर्वले यस वर्ष पनि नयाँ उमङ्गसहित आपसी एकता, सहकार्य, मित्रता र सहिष्णुतालाई अक्षुण राख्न सबैलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे ।
विभिन्न नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गरेपछि आ–आफ्नो समुदायको संस्कृतिअनुसार तरुल, सेलरोटी, घ्यू, सख्खर, तिलको लडडु, खिचडी, ढिक्रीजस्ता परिकार खाँदै मनाइने चलन रहिआएको पर्वका अवसरमा अध्यक्ष नेपालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको थप प्रगतिको कामना गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया