लुगा सुकाउने क्रममा इनारमा खसिन् महिला, उद्धार जारी

काठमाडौं । ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् ।
सोमबार बिहान ९: ५० बजे महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै बस्ने दोलखा घर भएकी २८ वर्षीया न्यूटन प्रधान लुगा सुकाउने क्रममा इनारमा खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिले उनको उद्धार प्रयास भइरहेको छ । ललितपुरका एसपी नवराज कार्कीका अुनसार कपडा सुकाउन जाँदा स्ल्याबमा टेकेको र त्यही बेला स्ल्याब फुटेर न्यूटन इनारमा खसेकी हुन् ।
उनी बोल्न सक्ने अवस्थामै छिन्। उनले उद्धारकर्मीसँग कुराकानी गर्दै निस्किने प्रयास गरिरहेको प्रहरीले बताएको छ।
प्रहरी वृत्त सातदोबाटोबाट डिएसपी उमेश जोशी नेतृत्त्वको टोली घटनास्थलमा खटिएका छन् भने सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि उद्धारका लागि पुगेको छ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया