मंसिरसम्ममा वाणिज्य बैंकहरुको नाफा २८ अर्ब ३६ करोड, कुनको कति ?
काठमाडाैं । चालु आर्थिक वर्ष ०८०/०८१ को मंसिर महिनासम्ममा वाणिज्य बैंकहरुले २८ अर्ब ३६ करोड नाफा कमाएको छ । वाणिज्य बैंकरूले कार्तिकसम्ममा २० अर्ब ७३ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर मसान्तसम्ममा सबैभन्दा बढी नबिल बैंकले २ अर्ब ९६ करोड नाफा कमाएको छ । त्यस्तै दोस्रोमा ग्लोबल आइएमइ बैंकले २ अर्ब ७३ करोड नाफा कमाएको छ । सबैभन्दा नाफा कमाउने बैंकहरूमा नेपाल इनभेष्टमेन्ट मेघा बैंक तेस्रो स्थानमा छ । नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ६० करोड नाफा कमाउन सफल भएको छ । त्यस्तै प्राइम बैंकले १ अर्ब ९२ करोड, हिमालयन बैंकले १ अर्ब ५० करोड नाफा कमाएको छ ।
एनआईसी एसिया बैंकले १ अर्ब ८५ करोड रूपैयाँ नाफा कमाएको छ । त्यसैगरी एनएमबी बैंकले १ अर्ब ४५ करोड, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ४१ करोड, एभरेष्ट बैंकले १ अर्ब ४० करोड, स्टयाडर्ड चार्टड बैंक १ अर्ब २५ करोड, कुमारी बैंकले एक अर्ब ३० करोड , सानीमा बैंकले एक अर्ब सात करोड, माछापुच्छ्रे बैंकले ७६ करोड, नेपाल बैंकले एक अर्ब ३१ करोड, सिटिजन्स बैंकले ७४ करोड, लक्ष्मीसनराइज बैंकले ८९ करोड र सिद्धार्थ बैंकले ६२ करोड रूपैयाँ खुद नाफा कमाएको छ ।
कृषि विकास बैंकको नाफा सबैभन्दा कम रहेको छ । मंसिर महिनासम्म बैंकको नाफा ४० करोड रुपैयाँ रहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया