मंसिरसम्ममा वाणिज्य बैंकहरुको नाफा २८ अर्ब ३६ करोड, कुनको कति ?
काठमाडाैं । चालु आर्थिक वर्ष ०८०/०८१ को मंसिर महिनासम्ममा वाणिज्य बैंकहरुले २८ अर्ब ३६ करोड नाफा कमाएको छ । वाणिज्य बैंकरूले कार्तिकसम्ममा २० अर्ब ७३ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर मसान्तसम्ममा सबैभन्दा बढी नबिल बैंकले २ अर्ब ९६ करोड नाफा कमाएको छ । त्यस्तै दोस्रोमा ग्लोबल आइएमइ बैंकले २ अर्ब ७३ करोड नाफा कमाएको छ । सबैभन्दा नाफा कमाउने बैंकहरूमा नेपाल इनभेष्टमेन्ट मेघा बैंक तेस्रो स्थानमा छ । नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ६० करोड नाफा कमाउन सफल भएको छ । त्यस्तै प्राइम बैंकले १ अर्ब ९२ करोड, हिमालयन बैंकले १ अर्ब ५० करोड नाफा कमाएको छ ।
एनआईसी एसिया बैंकले १ अर्ब ८५ करोड रूपैयाँ नाफा कमाएको छ । त्यसैगरी एनएमबी बैंकले १ अर्ब ४५ करोड, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ४१ करोड, एभरेष्ट बैंकले १ अर्ब ४० करोड, स्टयाडर्ड चार्टड बैंक १ अर्ब २५ करोड, कुमारी बैंकले एक अर्ब ३० करोड , सानीमा बैंकले एक अर्ब सात करोड, माछापुच्छ्रे बैंकले ७६ करोड, नेपाल बैंकले एक अर्ब ३१ करोड, सिटिजन्स बैंकले ७४ करोड, लक्ष्मीसनराइज बैंकले ८९ करोड र सिद्धार्थ बैंकले ६२ करोड रूपैयाँ खुद नाफा कमाएको छ ।
कृषि विकास बैंकको नाफा सबैभन्दा कम रहेको छ । मंसिर महिनासम्म बैंकको नाफा ४० करोड रुपैयाँ रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया