चिसो बढ्यो, तीन दिन विद्यालय बन्द
मोरङ । शितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
महानगरले आज एक सूचना जारी गर्दै यही माघ ३ गते बुधबारदेखि माघ ५ गतेसम्म तीन दिनसम्म सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो ।
चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधिमा कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई ध्यानमा राखी बिदा दिने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया