मेलम्चीको पानी धारामा खसेन ? यी नम्बरमा गर्नुहोस् गुनासो
काठमाडौं । सरकारले गत सोमबार विधिवत् रूपमा काठमाडौं उपत्यकामा वितरण थालेको मेलम्ची खानेपानी तपाईंको धारामा नखसेर हैरान त हुनुहुन्न ? ठूलो पानी आएकाले थेग्न नसकेर कतै चुहावट पो भइरहेको छ कि ? धमिलो पानी आएकाले प्रयोग गर्ने कि नगर्ने भन्ने द्विविधा पनि पलाएको हुनसक्छ ।
मेलम्ची खानेपानी सम्बन्धमा उपभोक्ताको तर्फबाट आउनसक्ने यस्तै समस्यालाई मध्यनजर गरेर सरकारले समस्या समाधान सहजीकरण समिति गठन गरेको छ । खानेपानी मन्त्रालयले गत पुस २८ को मन्त्रीस्तरीय निर्णयबाट मेलम्ची खानेपानी विकास समितिका सिडिई पदमबहादुर कुँवरको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।
समिति सदस्यमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उपप्रबन्धक उमेशबाबु मरहठ्ठा, आयोजना कार्यान्वयन निर्देशनालयका सिडिई विकेश बधानथ्याचे र केयुकेएलका दीपेश ढकाल छन् ।
खानेपानी मन्त्रालयका अनुसार, मेलम्चीको खानेपानी सन्तुलित रूपमा वितरण भए/नभएको, पानी वितरणका क्रममा कुनै स्थानमा चुहावट भएको, पानी नआएकोलगायत समस्या उपभोक्ताले यो समितिसमक्ष राख्न सक्नेछन् । मन्त्रालयले समितिका संयोजक र सदस्यको मोबाइल नम्बर सार्वजनिक गर्दै मेलम्चीको खानेपानीसम्बन्धी कुनै समस्या आएमा तत्काल सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
मन्त्रालयले विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम नै पानी प्रशोधन गरी प्रसारण गरिएको प्रष्ट पारेको छ । मेलम्चीको खानेपानी धमिलो आएपछि यसको शुद्धतामाथि प्रश्न उठेको छ । मन्त्रालयका अनुसार, मेलम्ची खानेपानीको पुराना वितरण लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा माटोका अवशेषका कारण धमिलो पानी धारामा पुगेको हो । फ्लसिङ गरिएकाले छिट्टै पाइपमा शुद्ध पानी प्रवाह हुनेछ ।
मेलम्ची खानेपानी सर्वसुलभ रूपमा उपत्यकाबासीको घरघरमा सन्तुलित र समानुपातिक हिसाबले वितरण गर्न प्रतिबद्धता पनि मन्त्रालयले व्यक्त गरेको छ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया