विमानस्थलको भन्सार जाँचका लागि सशस्त्र प्रहरी परिचालन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।
विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले जानकारी दिए ।
“अर्थ मन्त्रीस्तरीय निर्णयबाट अनुरोध भएको र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट निर्णय भई विमानस्थलको भन्सार जाँच गर्न दैनिकरूपमा पाँच सिफ्टमा अहिले ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ”, उनले भने ।
विमानस्थलको सुरक्षामा सुधार गर्ने, प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले सशस्त्र प्रहरीको प्रत्यक्ष सुपरिवेक्षण तथा निर्देशनमा भन्सार क्षेत्रमा जाँच गर्न सुरु गरिएको प्रमुख भन्सार प्रशासक डा पाण्डेले बताए ।
ताजा अपडेट
-
मौसममा एकसाथ तीन वायुको प्रभाव, आज कहाँ–कहाँ पर्छ पानी ?
-
आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु
-
जयविरको समाचारमा देउवा सचिवालयको चिन्ता, तर शेरबहादुरको सम्पत्ति विवरणमा झन ठूलो प्रश्न
-
सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
-
चिनीको मूल्यमा स्थिरता कायम गर्न रास्वपाको माग
प्रतिक्रिया