एउटै रुखमा झुण्डिएको अवस्थामा माइजू-भान्जाको शव फेला
दाङ। दाङमा एउटै रुखको हाँगामा झुण्डिएको अवस्थामा माइजू-भान्जाको शव फेला परेको छ ।
एउटै रुखमा झुण्डिएको अवस्थामा तुलसीपुर ३ निवासी माइजू ३४ वर्षीया बसन्ती थापा र सोही ठाउँका भाञ्जा १९ वर्षीय तुलसीराम घर्ती बुधबार अपरान्ह ४ बजेतिर मृत फेला परेका हुन् ।
उनीहरु पुस ९ गतेदेखि सम्पर्कविहीन थिए । उनीहरु हराएपछि थापाका श्रीमानले प्रहरीमा निवेदनसमेत दिएका थिए । थापाले दुई वर्षदेखि माताको रुपमा काम गर्दै आएकी थिइन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सानो बखरिया जंगलमा पात टिप्न गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । हराएको लामो समय भएपनि शव भने धेरै दिनको नभएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया