NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

तीनवर्षे स्नातक इन्जिनियरिङ उत्तीर्णलाई त्रिविले समकक्षता प्रदान गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ०७४ साल जेठ २ गतेभन्दा अगाडि तीनवर्षे स्नातक इन्जिनियरिङ उत्तीर्ण गरी उपाधि लिइसकेकालाई समकक्षता प्रदान गर्ने भएको छ ।

त्रिवि कार्यकारी परिषद्को कात्तिक १४ को निर्णयअनुसार त्यस्ता विद्यार्थीलाई समकक्षता प्रदान गर्न लागिएको हो ।

त्रिवि शिक्षाध्यक्षको कार्यालयले तीनवर्षे स्नातक इन्जिनियरिङ उत्तीर्ण गरी उपाधि लिएका सबै विद्यार्थीलाई आवेदन दिन भनेको छ ।