NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

मौसम : हुस्सु/कुहिरोले ढाक्यो तराई, पहाडमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै देशको तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको महाशाखाले जारी गरेको दैनिक बुलेटिनमा उल्लेख छ ।

देशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, राती पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले तराईको मौसमी अवस्था सम्बन्धी जारी गरेको विशेष बुलेटिनमा तराईका अधिकांश स्थानहरुमा लागेको हुस्सु मध्यान्न सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने उल्लेख गरेको छ ।