अब पालिकाबाटै राहदानी सेवा
सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ ।
नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेका हुन् ।
‘अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक–पटक धाउनुपर्ने बाध्यता हटेको छ’, नगरप्रमुख यादवले भने, ‘आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने छौँ ।’
उनका अनुसार बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ । स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन् ।
ताजा अपडेट
-
वाल्मिकी विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीले पाए अध्ययन भिसा, भिसा रद्द प्रक्रिया सुरु
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट
-
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो, सभामुखको कमजोरी देखियो’ : हर्क साम्पाङ
-
सातैदिन बाँदरको चौकीदारीमा बित्छन् किसानका दिनहरू


प्रतिक्रिया