नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दुई नयाँ शाखा विस्तार
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।
बैंकले काठमाडौं महानगरपालिका–३१ मा शंखमुल शाखा र काठमाडौं महानगरपालिका–२९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएको हो । यी दुई शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या २६४ पुगेको छ । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।
नयाँ शाखाहरुको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले गरेका हुन् । पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुले उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु पाउने विश्वास व्यक्त गरे ।
काठमाडौं उपत्यकामा चाँडै नै थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको बैंकले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया