इच्छाराज तामाङको तीन अर्बको मुद्दामा फैसलाको तयारी
काठमाडौैं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ र उनका परिवारविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दामा बिशेष अदालतमा सुनुवाई सुरु भएको छ । बिशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलाशमा मंगलबारदेखि निरन्तर सुनुवाई भइरहेको छ ।
तामाङविरुद्ध तीनअ र्ब ३१ करोड ८५ लाख बिगो कायम गरी १६ भदौ ०७९ मा मुद्दा दायर भएको थियो । यसमा उनकी श्रीमती सृजना शाक्य तामाङलाई एक अर्ब तीन करोड ५ लाख, छोरी प्रतिक्षालाई ६ करोड २२ लाख, अर्की छोरी प्रतिष्ठालाई एक करोड ८९ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको थियो । त्यस्तै, सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई २६ करोड ६१ लाख तथा मिनाकुमारी श्रेष्ठलाई सम्पत्ति जफतको प्रयोजनले प्रतिवादीबनाइएको छ ।
सिभिल सहकारीको ठगी मुद्दामा इच्छाराज, सृजना तथा केशवलाल पुर्पक्षका लागि थुनामा छन् । सहकारी ठगी मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । सहकारीमा सर्वसाधरणले बचत गरेको पैसा इच्छाराजले आफ्ना निजी कम्पनीलाई नियमविपरीत लगानी गरेर सहकारी डुबाएका थिए । जसमा हजारौं सर्वसाधरणको करिब ६ अर्ब डुबेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया