आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौं। साताकाे अन्तिम दिन शुक्रबार सुनचाँदीकाे मूल्य बढेकाे छ । आज छापावाला सुन प्रतितोला पाँच सय रुपैयाले बढेर एक लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ । बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार पाँच सय तोकिएको थियो ।
त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य भने पाँच रुपैयाले बढेर एक हजार तीन सय ९५ रूपैयाँ पुगेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ९० रुपैयाँ थियो ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया