सडक र हवाई यात्रा गर्दा आज सतर्कता अपनाउनुहोला : मौसमविद्
काठमाडौं । नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । पश्चिमी वायुको प्रभावले बदली भए पनि तत्काल वर्षाको सम्भावना भने नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका मौसमविदका अनुसार, आगामी तीन दिन पानी पर्ने सम्भावना देखिएको छैन । वर्षा नभए पनि बदली भने जारी रहनेछ । नेपालमा हाल तीन दिनको मौसमी प्रणाली मात्र विश्लेषण गर्ने प्रविधि छ । त्यसैले मौसमविद्ले तीन दिनको प्रक्षेपण मात्र सार्वजनिक गर्ने गरेका छन् ।
महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार अहिले देशको पहाडी भू–भागमा बदली रही बाँकी भागमा मौसम सफा छ । तराईका धेरै स्थानहरूलाई भने हुस्सु र कुहिरोले लपेटेको छ । हुस्सु र कुहिरोले हवाई तथा सडक आवागमन प्रभावित हुनसक्ने भन्दै महाशाखाले सचेत रहन सुझाएको छ । साथै उसले चिसोले जनस्वास्थ्यमा असर गर्न सक्ने भन्दै सावधानी अपनाउन भनेको छ ।
‘तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ,’ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा सुझाइएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा दिउँसो र कोशी तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा राति हल्का हिमपातको अनुमान पनि मौसमविदले गरेका छन् ।
महाशाखाका अनुसार, सोमबार र मंगलबार पनि आइतबारको जस्तै मौसम रहनेछ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया