‘कटन क्यान्डी’मा भेटियो हानिकारक रङ्ग, बालबालिकालाई नदिन सरकारको आग्रह
काठमाडौं । खुल्ला रुपमा बिक्री वितरण गरिएको ‘कटन क्यान्डी’मा हानिकारक रङ्ग ‘रोडामाइन बी’ प्रयोग भएको पाइएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएको जाँचबाट खुला रुपमा बिक्री भइरहेको रङ्गिन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने रङ्ग मिसावट गरिएको पाइएको हो ।
विभागले आज सूचना जारी गर्दै कटन क्याण्डीको उपभोग नगर्न र बालबालिकालाई त्यस्ता क्यान्डी नदिन अनुरोध गरेको छ । यस्ता अखाद्य रङ्गको प्रयोग गरी क्याण्डी उत्पादन र बिक्री नगर्न पनि विभागले सूचित गरेको छ ।
यदि अटेर गरेर यस्ता क्याण्डीको उत्पादन र बिक्री वितरण गरेको पाइएमा खाद्य ऐन नियम अनुसार कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया