काठमाडौंको तापक्रम यस वर्षकै कम
काठमाडौं । काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौंमा यस वर्षकै कम तापक्रम (तीन दशमलव दुई) रेकर्ड गरिएको बताए ।
यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रेकर्ड गरिएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै आज शुन्य दशमलव दुई डिग्रीमा झरेको हो । आज काठमाडौं उपत्यकामा पारदर्शिता पनि घटेको छ । उनका अनुसार आज बढी चिसो अनुभव भएको छ ।
बिहानका समयमा चाहिँ हुस्सु जस्तो देखिएको छ । उनले परदर्शिता तीन हजार मिटर रहेको बताए । यसअघि चार हजार मिटरमाथि नै हुने गरेकामा आज भने पारदर्शिता पनि घटेको हो । त्यसका कारण काठमाडौंमा आज बिहानदेखि कतिबेला घाम लाग्ने र कतिबेला नलाग्ने भइरहेको छ । चन्द्रागिरिलगायत उपत्यकाको उच्च क्षेत्रतर्फको बस्तीमा अझै कम घाम लागेको छ । लागेको घाम पनि न्यानो खालको छैन ।
तराईमा बाक्लो हुस्सु र कुहिरो
महाशाखाले चिसो बढिरहेको बताएको छ । तराईका भूभागमा हुस्सु र कुहिरोले कुनै दिन खुल्ने कुनै दिन बेलुकासम्म नै हुस्सु कुहिरो लागिरहने गरेको पनि उनले बताए । त्यसका कारण बढी चिसो महसुस हुने गरेको छ ।
आइतबार रेकर्ड गरिएको तथ्याङ्कअनुसार जुम्लामा माइनस पाँच दशमलव छ डिग्री, जोमसोम माइनस पाँच डिग्री र दोलखाको जिरी मा एक डिग्री तापक्रम रेकर्ड गरिएको छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुनसक्ने असरका साथै चिसोबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउ विभागले सबैमा अनुरोध गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया