पैंसा खातामा जम्मा भएको भए जुनसुकै सजाय भोग्न तयार छु : रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले एक करोड ८० लाख रूपैयाँ आफ्नो निजी खातामा नआएको बताएका छन् ।
उनले आज रास्वपाको कार्यालयमा पत्रकार सम्मेलन गरेर उक्त पैसा अन्य कसैले राखेको भएता पनि आफ्नो खातासम्म नआएको दाबी गरे । उनले पैसा खातामा भएको भए आफू जुनसुकै सजाय भोग्न तयार रहेको समेत बताए ।
बैंक खातामा देखिएको उक्त पैसा कसले के प्रयोजनका लागि राखियो भन्ने पनि आफू अनविज्ञ रहेको उनले बताए । कान्तिपुरले आज रवि लामेछानेको खातामा ग्यालेक्सी टेलिभजन छाड्दा उनको निजी खातामा १ करोड ८० लाख जम्मा भएको शिर्षकमा समाचार प्रकाशन गरेको थियो । सोही समाचारको खण्डन गर्न लामेछानेले पत्रकार सम्मेलन राखेका हुन् ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
प्रतिक्रिया