संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैंठकले २०८० माघ २२ गते संघीय संसदको अधिवेशन राष्ट्रपतिलाई सिफारिस गर्न आह्वान गर्ने निर्णय गरेको हाे । त्यस्तै बैंठकले असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय गरेको छ ।
याेसँगै बैठकले जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन प्रोजेम्ट कार्यान्वयनका लागि प्रस्तावित चौतिस अर्ब उनन्पचास करोड जापानी येन बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णयसमेत गरेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया