गलत नियतले फेसबुकमा प्रेमिकाको फोटो/ भिडियो सार्वजनिक गर्ने युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएप मार्फत गलत नियतले प्रेमिकाको फोटो/ भिडियो सार्वजनिक गर्ने युवक पक्राउ परेका छन् ।
प्रेमिकाको चरित्रहत्या गरेको अभियोगमा तारकेश्वर नगरपालिका-४ बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-२ का २४ वर्षीय भिमसेन भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
भट्टले रोजगारीको सिलसिलामा भेट भएर प्रेम सम्बन्धमा रहेका बेला लिइएको फोटो भिडियो एडिट गरी फेसबुक र ह्वाट्एपमा पोष्ट गर्ने गरेका थिए ।
चरित्रहत्या गरी दु:ख हैरानी दिने गरेको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया