गलत नियतले फेसबुकमा प्रेमिकाको फोटो/ भिडियो सार्वजनिक गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएप मार्फत गलत नियतले प्रेमिकाको फोटो/ भिडियो सार्वजनिक गर्ने युवक पक्राउ परेका छन् ।
प्रेमिकाको चरित्रहत्या गरेको अभियोगमा तारकेश्वर नगरपालिका-४ बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-२ का २४ वर्षीय भिमसेन भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
भट्टले रोजगारीको सिलसिलामा भेट भएर प्रेम सम्बन्धमा रहेका बेला लिइएको फोटो भिडियो एडिट गरी फेसबुक र ह्वाट्एपमा पोष्ट गर्ने गरेका थिए ।
चरित्रहत्या गरी दु:ख हैरानी दिने गरेको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
माओवादीप्रति जनताको विश्वास बढ्यो, ०८४ मा ०६४ फर्काउँछौं : प्रचण्ड
-
कुलमानदेखि युवराज अधिकारीसम्मका व्यक्तिविरुद्ध अनुसन्धान गर्दै लेखा समिति
-
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
-
सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले छुट दिने
-
सामसङको नयाँ स्मार्टफोनको प्रि-अर्डर गरी पाउनुहाेस् विशेष अफर
प्रतिक्रिया