नेप्सेको ओरालो यात्रा कायमै, आज कस्तो रह्यो सेयर बजार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ ।
यो सातामा कारोबारको लगातार चौंथो दिन आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ८८ दशमलव ०४ को बिन्दुमा सीमित भएको छ ।
आज विभिन्न तीन सय ११ कम्पनीका एक करोड १० लाख ४९ हजार नौ सय ४९ कित्ता सेयर ९० हजार दुई सय १० पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ८९ करोड ७० लाख २२ हजार पाँच सय ९८ बराबरको कारोबार भएका छन् ।
बैंकिङ समूह शून्य दशमलव ०९ र म्युचुअल फन्ड समूह शून्य दशमलव १४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै घट्नेमा भने जलविद्युत् समूह एक दशमलव २७ र लगानी समूह एक दशमलव ६५ प्रतिशतले घटेको छ ।
चन्द्रागिरी हिल्स लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु २५ करोड १५ लाख ६८ हजार ६७ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने अरुण काबेली पावर लिमिटेडको पाँच लाख ७१ हजार आठ सय ७४ कित्ता सेयर किनबेच भएको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया