सडक दुर्घटनामा मन्त्री र प्रहरी अधिकृतको मृत्यु
कोलम्बो । कोलम्बो–काटुनयाके एक्सप्रेसवेमा बिहीबार भएको सडक दुर्घटनामा श्रीलङ्काका जल आपूर्ति राज्यमन्त्री सनथ निशान्त र एक प्रहरी अधिकृतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राज्य मन्त्रीको गाडी एक्सप्रेसवेको कन्दाना पुलिस डिभिजनमा कन्टेनर ट्रकसँग दुर्घटनाग्रस्त भएको हो ।
राज्यमन्त्री र प्रहरी अधिकारीलाई अस्पतालमा भर्ना गर्दा मृत्यु भई सकेको अस्पताल स्रोतलाई उद्धृत गरी प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते गाडीको चालकको भने उपचार भइरहेकोे छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया