२.१ डिग्री सेल्सियसमा झर्यो काठमाडौंको तापक्रम
काठमाडौं । काठमाडौं उपत्यकाको आइतबार बिहानको तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागले आइतबार ८:४५ बजे गरेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको हो । यो काठमाडौं उपत्यकाको यस वर्ष हिउँदकै सबैभन्दा कम तापक्रम हो । यसअघि शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन भएको थियो ।
देशका अन्य भूभागसहित काठमाडौं उपत्यकामा यस वर्षको हिउँदमा वर्षा भएको छैन । तर केही दिनदेखि लगातार चिसो बढिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार जुम्लामा देशकै सबैभन्दा कम माइनस ४.९ डिग्री सेल्सियस तापक्रम छ । त्यसैगरी, दीपायल, सिमरा, विराटनगरमा पनि चिसो बढिरहेको छ । यहाँको आइतबार बिहानको तापक्रम क्रमशः २.६, २.५ र ३ डिग्री सेल्सियस मापन भएको छ ।
नेपालमा केही दिनयता पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसमविदका अनुसार, अहिले देशको पहाडी भू–भागमा आंशिक बदली हुनुका साथै बाँकी भू–भागमा मौसम सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा भने हुस्सु र कुहिरो लागेको छ। जसका कारण तराईको जनजीवन प्रभावित भएको छ ।
मौसमविदका अनुसार उच्च पहाडी हिमाली भेगमा हल्का हिमपातको सम्भावना भए पनि आगामी तीन दिन देशभर वर्षाको सम्भावना छैन ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया