NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

२.१ डिग्री सेल्सियसमा झर्यो काठमाडौंको तापक्रम

उच्च पहाडी भागमा हिमपात, तर छैन तीन दिन वर्षाका सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकाको आइतबार बिहानको तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आइतबार ८:४५ बजे गरेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको हो । यो काठमाडौं उपत्यकाको यस वर्ष हिउँदकै सबैभन्दा कम तापक्रम हो । यसअघि शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन भएको थियो ।

देशका अन्य भूभागसहित काठमाडौं उपत्यकामा यस वर्षको हिउँदमा वर्षा भएको छैन । तर केही दिनदेखि लगातार चिसो बढिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जुम्लामा देशकै सबैभन्दा कम माइनस ४.९ डिग्री सेल्सियस तापक्रम छ । त्यसैगरी, दीपायल, सिमरा, विराटनगरमा पनि चिसो बढिरहेको छ । यहाँको आइतबार बिहानको तापक्रम क्रमशः २.६, २.५ र ३ डिग्री सेल्सियस मापन भएको छ ।

नेपालमा केही दिनयता पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसमविदका अनुसार, अहिले देशको पहाडी भू–भागमा आंशिक बदली हुनुका साथै बाँकी भू–भागमा मौसम सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा भने हुस्सु र कुहिरो लागेको छ। जसका कारण तराईको जनजीवन प्रभावित भएको छ ।

मौसमविदका अनुसार उच्च पहाडी हिमाली भेगमा हल्का हिमपातको सम्भावना भए पनि आगामी तीन दिन देशभर वर्षाको सम्भावना छैन ।

ताजा अपडेट

नेपालवाच विशेष