आईसीसीद्वारा श्रीलंका क्रिकेटको निलम्बन फुकुवा
एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बोर्डले गत नोभेम्बरमा श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।
आईसीसी सदस्यको रूपमा रहेको श्रीलंकाले आफ्नो दायित्वको गम्भीर उल्लङ्घन गरेको भन्दै नोभेम्बरमा निलम्बन गरिएको थियो।
सन् २०२३ को विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि श्रीलंकाका खेलकुद मन्त्री रोशन रानासिङ्घेले श्रीलंका क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए ।
यसलाई सरकारी हस्तक्षेप भन्दै आईसीसीले क्रिकेट श्रीलंका नै निलम्बन गरिदिएको थियो।
यसैको कारण अहिले जारी यू–१९ विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिकामा सारिएको थियो । श्रीलंकाको क्रिकेट टोलीलाई भने आईसीसीले अन्तर्राष्ट्रिय खेल खेल्न कुनै रोक लगाएको थिएन ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया