स्ट्याण्ड अप कमेडियन मुनव्वरले जिते ‘बिग बोस सिजन १७’ को उपाधि
काठमाडौं । भारतीय चर्चित टेलिभिजन रियालिटी शो ‘बिग बोस सिजन १७’ को उपाधि मुनव्वर फारुकीले जितेका छन् ।
१६ अक्टोबरबाट सुरु भएको यस सिजनको ग्राण्ड फिनाले आइतबार राति भएको हो । बिग बोसको यस सिजनलाई पनि अभिनेता सलमान खानले होस्ट गरेका थिए ।
जितसँग मुनव्वरले ५० लाख भारु, कार र बिग बोस ट्रफी हात पारेका छन् । त्यस्तै टेलिभिजन कलाकार अभिषेक कुमार उपविजेता भए भने मन्नारा चोपडा सेकेन्ड रनरअप भइन् ।
‘बिग बोस १७’ को उत्कृष्ट पाँचमा अभिनेत्री अंकिता लोखंडे, अभिषेक कुमार, मुनव्वर फारुकी, मन्नारा चोपडा र अरुण महाशेट्टी शो रहेका थिए । उपाधि दौडमा रहेका अन्य चार जनालाई पछि पार्दै मुनब्बरले उपाधि जितेका हुन् ।
स्ट्याण्ड अप कमेडियनका साथै गायन र लेखनमा चर्चित रहेका मुनव्वरले सायरीमार्फत सबैको दिन जितेका छन् । जितको खुशीसँगै उनले आफ्ना फ्यानलाई धन्यवाद दिएका छन् । उनले आफ्नो जन्मदिनकै दिन बिग बोसको जित पनि हात पारेका हुन् ।
उसो त, मुनव्वर अभिनेत्री कंगना रनावतको रियालिटी शो ‘लक अप’ का विनर बनेपछि चर्चामा आएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया