गुनासो छैन !
यहाँ तिम्रो तस्वीर सँग पनि गुनासो छैन,
जो सधै मुस्काइ रहन समय लिन सक्छ !!
यहाँ तिम्रो मुहार सँग पनि गुनासो छैन,
त्यो पनि सधै यादको सन्दुक रहन सक्छ !!
यहाँ तिम्रो दृश्यको दृष्टि सँग पनि गुनासो छैन,
तर तिमीलाई सुन्दर देखाउने गाजल रहन सक्छ !!
यहाँ तिम्रो चैनको याद सँग पनि गुनासो छैन,
तर तिमीलाई लाग्ला नुन हो, विलाउन सक्छ !!
तिमीले मेरो पललाई बिर्सनुमा पनि गुनासो छैन,
ठिकै छ, तिम्रो याद राख्नेले जिन्दगीलाई डुबाउन सक्छ !!
उत्सव मनाउने बहानाको भेट प्रति पनि गुनासो छैन,
ठिकै छ, गोप्य कुनामा खोपेको टाटुले दुखाउन सक्छ !!
हो तिमी, तिमी बन्न नसक्नुमा पनि गुनासो छैन,
समय एक चक्र हो, वैगुनीले पनि एक दिन, गुन लगाउन सक्छ !!
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया