NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १९ गते
कविता 

गुनासो छैन !

यहाँ तिम्रो तस्वीर सँग पनि गुनासो छैन,
जो सधै मुस्काइ रहन समय लिन सक्छ !!

यहाँ तिम्रो मुहार सँग पनि गुनासो छैन,
त्यो पनि सधै यादको सन्दुक रहन सक्छ !!

यहाँ तिम्रो दृश्यको दृष्टि सँग पनि गुनासो छैन,
तर तिमीलाई सुन्दर देखाउने गाजल रहन सक्छ !!

यहाँ तिम्रो चैनको याद सँग पनि गुनासो छैन,
तर तिमीलाई लाग्ला नुन हो, विलाउन सक्छ !!

तिमीले मेरो पललाई बिर्सनुमा पनि गुनासो छैन,
ठिकै छ, तिम्रो याद राख्नेले जिन्दगीलाई डुबाउन सक्छ !!

उत्सव मनाउने बहानाको भेट प्रति पनि गुनासो छैन,
ठिकै छ, गोप्य कुनामा खोपेको टाटुले दुखाउन सक्छ !!

हो तिमी, तिमी बन्न नसक्नुमा पनि गुनासो छैन,
समय एक चक्र हो, वैगुनीले पनि एक दिन, गुन लगाउन सक्छ !!