दिल्लीमा भीषण आगलागी : ४ सयभन्दा बढी गाडी जलेर नष्ट
एजेन्सी । भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४०० भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ।
उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा आगलागी भएको हो। आगोलागी हुँदा गाडीहरू गोदाममा राखिएको थियो । आगो निभाउन दमकललाई दुई घण्टा लागेको थियो ।
आगलागीमा परी नष्ट भएका सवारी साधनलाई स्थानीय प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको र सडक दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएको बुझिएको छ । आगलागीको कारण भने खुलेको छैन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया