कुहिरोले भारतमा उडान तथा रेल सेवा प्रभावित
एजेन्सी । मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिए ।
खराब मौसमका कारण जम्मु तवी–दिल्ली एक्सप्रेस, हावडा–दिल्ली डोरोन्थो, हावडा–दिल्ली राजधानी एक्सप्रेस, भुवनेश्वर–दिल्ली राजधानी एक्सप्रेस, डिब्रूगढ–दिल्ली राजधानी एक्सप्रेस र पुरी-दिल्ली एक्सप्रेस ढिला भएका थिए ।
रेवा-आनन्द विहार टर्मिनल, भागलपुर-आनन्दविहार एक्सप्रेस, बनारस–दिल्ली एक्सप्रेस, चेन्नई-दिल्ली एक्सप्रेस, हैदराबाद–दिल्ली एक्सप्रेस र रानीकमलापति–हजरत निजामुद्दीन एक्सप्रेस पनि प्रभावित भएका छन् ।
नयाँ दिल्ली रेलवे स्टेसनमा रेलहरू निर्धारित समयभन्दा ढिलो चल्दा यात्रुहरू समस्यामा परेका थिए । यसैबीच, मङ्गलबार बिहान राजधानीमा घना कुहिरोका कारण दिल्ली विमानस्थलमा उडान पनि अवरुद्ध भएको छ ।
विमानस्थलले मङ्गलबार सूचना जारी गर्दै मापदण्ड पूरा नगर्ने उडानहरूले अवतरण र टेक–अफको समयमा अवरोधको सामना गर्न सक्ने बताएको छ । यात्रुहरूलाई उडानको स्थितिसम्बन्धी अद्यावधिक जानकारीका लागि एयरलाइन्सलाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
सोमबार पनि, कुहिरो तथा अधिक चिसोले राजधानीमा रेल तथा हवाई उडानलाई असर गर्दा रेल र उडानहरू ढिलाइ भएका थिए । भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले मङ्गलबार राजधानीका थुप्रै भागहरूमा कुहिरो लाग्ने पूर्वानुमान गरेको थियो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया