तीन प्रदेशमा वर्षा, तराईमा हुस्सु र कुहिरो
काठमाडौं । देशका तीन प्रदेशमा बिहीबार बिहान वर्षा भएको छ । थप केही प्रदेशमा पनि बिहीबार दिउँसो वर्षा हुने आकलन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, सुदूरपश्चिम प्रदेशको धेरै र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले फाटफुटदेखि हल्का वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि लामो समयपछि पानी परेको छ ।
यी प्रदेशमा बिहीबार दिउँसो पनि छिटफुटदेखि हल्का वर्षा हुने आकलन महाशाखाले गरेको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा चाहिँ हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
देशका विभिन्न भागमा लामो समयपछि वर्षा भए पनि काठमाडौंमा आगामी तीन दिन पानी पर्ने सम्भावना छैन । महाशाखाले बिहीबार सार्वजनिक गरेको मौसमी बुलेटिनमा देशका विभिन्न भागमा वर्षाको आकलन गरिए पनि बागमती प्रदेशमा गरिएको छैन ।
अहिले नेपालको मौसममा पश्चिमी वायुको प्रभाव रहेको छ । विभिन्न स्थानमा भएको बदली, वर्षा र हिमपातले तापक्रम घटेको छ । तराई क्षेत्र हुस्सु र कुहिरोले ढाकिँदा जनजीवन प्रभावित भएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया