तीन प्रदेशमा वर्षा, तराईमा हुस्सु र कुहिरो
काठमाडौं । देशका तीन प्रदेशमा बिहीबार बिहान वर्षा भएको छ । थप केही प्रदेशमा पनि बिहीबार दिउँसो वर्षा हुने आकलन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, सुदूरपश्चिम प्रदेशको धेरै र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले फाटफुटदेखि हल्का वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि लामो समयपछि पानी परेको छ ।
यी प्रदेशमा बिहीबार दिउँसो पनि छिटफुटदेखि हल्का वर्षा हुने आकलन महाशाखाले गरेको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा चाहिँ हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
देशका विभिन्न भागमा लामो समयपछि वर्षा भए पनि काठमाडौंमा आगामी तीन दिन पानी पर्ने सम्भावना छैन । महाशाखाले बिहीबार सार्वजनिक गरेको मौसमी बुलेटिनमा देशका विभिन्न भागमा वर्षाको आकलन गरिए पनि बागमती प्रदेशमा गरिएको छैन ।
अहिले नेपालको मौसममा पश्चिमी वायुको प्रभाव रहेको छ । विभिन्न स्थानमा भएको बदली, वर्षा र हिमपातले तापक्रम घटेको छ । तराई क्षेत्र हुस्सु र कुहिरोले ढाकिँदा जनजीवन प्रभावित भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया