NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

‘प्लस टु’ सम्म एमआइटीको नाम पनि नसुनेका विवेक त्यहाँसम्म कसरी पुगे ?

काठमाडौं । अमेरिकाको क्याम्ब्रिजस्थित एमआइटी(म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी)मा फिजिक्स र कम्पुटर साइन्स पढेका विवेक पण्डितलाई सानैबाट आमाबाबुले समय दिएर पढाए । बाबुआमाले आफूलाई दिएको पर्याप्त समयले नै पढाइप्रतिको लगाव बढ्दै गएको उनको अनुभव छ ।

काठमाडौंको बुढानिलकण्ठमा विद्यालय तह र सेन्ट जेभियर्समा उच्च शिक्षा सकेपछि उनी विदेश गएका थिए । सेन्ट जेभियर्समा प्लस टु गर्दासम्म उनले एमआइटीको नाम पनि सुनेका थिएनन् । तर वरपरका ‘मेन्टर’ हरुको सहयोगमा उनले एमआइटीसम्मको यात्रा तय गरे ।

आज उनी जहाँ छन्, आमाबुबाले आफूलाई बाल्यकालमा पर्याप्त समय दिएकै कारण सम्भव भएको उनको बुझाइ छ । ‘जो अभिभावकले आफ्नो बच्चासँग पर्याप्त समय बिताउँछन्, त्यो खेर जाँदैन । त्यसको आउटपुट बेग्लै हुन्छ,’ उनले सुनाए, ‘पैसा कमाउन छोडेर भएपनि ममाथि आफ्नो समय लगानी गर्नुभयो । यसबारे धेरै कुरा सिकियो ।’

विश्वचर्चित एमआइटीमा अध्ययन गर्न एउटा व्यक्तिमा कस्तो गुण हुनुपर्छ त ? सुनौ विवेकले साझा गरेका आफ्नो अनुभव, उनको भोगाइ र सिकाइको कथाः