‘प्लस टु’ सम्म एमआइटीको नाम पनि नसुनेका विवेक त्यहाँसम्म कसरी पुगे ?
काठमाडौं । अमेरिकाको क्याम्ब्रिजस्थित एमआइटी(म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी)मा फिजिक्स र कम्पुटर साइन्स पढेका विवेक पण्डितलाई सानैबाट आमाबाबुले समय दिएर पढाए । बाबुआमाले आफूलाई दिएको पर्याप्त समयले नै पढाइप्रतिको लगाव बढ्दै गएको उनको अनुभव छ ।
काठमाडौंको बुढानिलकण्ठमा विद्यालय तह र सेन्ट जेभियर्समा उच्च शिक्षा सकेपछि उनी विदेश गएका थिए । सेन्ट जेभियर्समा प्लस टु गर्दासम्म उनले एमआइटीको नाम पनि सुनेका थिएनन् । तर वरपरका ‘मेन्टर’ हरुको सहयोगमा उनले एमआइटीसम्मको यात्रा तय गरे ।
आज उनी जहाँ छन्, आमाबुबाले आफूलाई बाल्यकालमा पर्याप्त समय दिएकै कारण सम्भव भएको उनको बुझाइ छ । ‘जो अभिभावकले आफ्नो बच्चासँग पर्याप्त समय बिताउँछन्, त्यो खेर जाँदैन । त्यसको आउटपुट बेग्लै हुन्छ,’ उनले सुनाए, ‘पैसा कमाउन छोडेर भएपनि ममाथि आफ्नो समय लगानी गर्नुभयो । यसबारे धेरै कुरा सिकियो ।’
विश्वचर्चित एमआइटीमा अध्ययन गर्न एउटा व्यक्तिमा कस्तो गुण हुनुपर्छ त ? सुनौ विवेकले साझा गरेका आफ्नो अनुभव, उनको भोगाइ र सिकाइको कथाः
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया