खाद्यवस्तुको गुणस्तर जाँच गर्न अब ‘मोबाइल ल्याब भ्यान’ : मन्त्री भुसाल
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले गुणस्तरहीन खाद्यवस्तुको आपूर्ति नियन्त्रण गर्न ‘मोबाइल ल्याब भ्यान’ तत्काल सञ्चालन गरिने बताएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री भुसालले बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेकाले त्यसलाई रोक्न तथा वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका भ्यान सञ्चालन गरिने बताए । राम्रो काम गर्दा आउने चुनौतीको सामना गर्न तयार हुनुपर्ने बताउँदै उनले भने,“यो भ्यान कुनै पनि हालतमा सञ्चालन गर्नुपर्नेछ । ”
मन्त्री भुसालले जनतासँग खाद्यको विषय जोडिएको भन्दै विभागले काममा सक्रियता देखाउनुपर्नेमा जोड दिए । उनले विभागलाई प्रगति विवरण अर्धवार्षिक रुपमा नभएर मासिक रुपमा सार्वजनिक गर्न निर्देशन दिँदै भने, “विभागभित्र प्रगति पेस गरेर जनताले सुन्दैनन्, अब मासिक रुपमा कामको विवरण सार्वजनिक गर्नुस्, आफूले गरेको काम जनताको बीचमा लैजानुस् । यसले समग्र विभाग, मन्त्रालय र सरकारको प्रगति देखिन्छ ।”
सरकारले रु २४ करोड खर्चेर खरिद गरेका प्रयोगशालासहितका केही मोबाइल भ्यान प्रयोगविहीन छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया