माडीबाट नाका खुलाउन महामन्त्रीको ध्यानाकर्षण
चितवन । माडीका स्थानीयवासीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन् ।
पूर्वपश्चिम हुलाकी मार्ग संवाद यात्राका क्रममा शनिबार राति माडी आइपुगेका थापालाई कांग्रेस माडी नगरसमितिले विभिन्न विषयमा ध्यानाकर्षण गराउने क्रममा सीमानाका माडीबाट गराउन पहलकदमी गरिदिन आग्रह गरेको हो ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार स्थानीय पार्टीको मागप्रति महामन्त्री थापाले आफू सकारात्मक रहेको भन्दै सम्बन्धित निकायमा पहलकदमी गर्ने बताएका छन् । कांग्रेस माडी नगर सभापति कोमलनाथ भुसालले ध्यानाकर्षणका क्रममा सिङ्गो बागमती प्रदेश सीमानाकासँग नजोडिएको भन्दै यसबाट यहाँको विकासमा बाधा पुगेको बताए ।
दक्षिणमा भारत र उत्तरमा चीनसँगको सिमाना जोड्ने सडक यसै माडी नगरपालिका क्षेत्र भएर जाने भएको हुँदा बागमती प्रदेश तथा सिङ्गो देशका लागि हितकर हुने ठोरी नाका अविलम्ब सञ्चालन गर्नुपर्ने वा माडीबाटै वैकल्पिक मार्गको खोजी गरी सञ्चालनमा ल्याउनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
पर्साको ठोरीसँग भारतीय नाका जोडिएको छ, यद्यपि यो नियमित सञ्चालनमा छैन । यो क्षेत्र माडी नगरपालिकामा पार्ने भनिए पनि त्यसो हुन नसक्दा सिङ्गो प्रदेश भारतीय नाकासँग जोडिएको छैन । सो क्रममा माडी पार्टी समितिले यस क्षेत्रलाई पूर्ण सिञ्चित स्थानीय तह घोषणा गर्न, रामायण महाभारत सर्किट निर्माण गर्नेलगायतका १० बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया