आज तेस्रो दिन पनि घट्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौं । आइतबारदेखि लगातार घटिरहेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।
आज मंगलबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला छ सय रूपैयाँ, सोमबार प्रतितोला चार सय रूपैयाँले सुनको मूल्यमा गिरावट आएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया