आज तेस्रो दिन पनि घट्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौं । आइतबारदेखि लगातार घटिरहेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।
आज मंगलबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला छ सय रूपैयाँ, सोमबार प्रतितोला चार सय रूपैयाँले सुनको मूल्यमा गिरावट आएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया