करोडौंको भ्रष्टाचार मुद्दामा चार उपसचिवसहित १७ कर्मचारीलाई सफाइ

काठमाडौं । करोडौं राजश्व हिनामिनाको भ्रष्टाचार मुद्दामा यातायात कार्यालयका चार प्रमुखसहित १७ जना कर्मचारीले सफाइ पाएका छन् । यातायात व्यवस्था कार्यालय, इटहरीका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकोमा उनीहरूले सफाइ पाएका हुन् ।
तत्कालिन कार्यालय प्रमुखहरू नयराज नेपाल, तिर्थराज लम्साल, गोपाल थपलिया र भुपेन्द्र राईले सफाइ पाएका हुन् । नेपाललाई एक करोड आठ लाख, लम्साललाई तीन करोड ३० लाख, थपलियालाई एक करोड ३० लाख र राईलाई ५६ लाख १२ हजार रुपैयाँ बिगो थियो ।
त्यस्तै, लेखा अधिकृत टीकराम अधिकारी, लेखापाल सुरेश अधिकारी, रुद्र प्रसाद दाहाल, अर्जुन भट्टराई, कृष्ण प्रसाद कट्टेल, कम्प्युटर अपरेटर सुजन राई, राकेश रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी, हरिमदन ढुंगेल, दिपेन्द्र मण्डल, मैया कुमार चापागाई र रविन कुमार विश्वासविरुद्ध फरक–फरक विगो कायम गरी २५ जेठ २०७७ मा मुद्दा दायर भएको थियो । उनीहरुले यातायातको राजश्व हिनामिना गरेको अख्तियारको अभियोग थियो ।
ताजा अपडेट
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
प्रतिक्रिया