NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

अतिक्रमित संरचना हटाउन नगरपालिकाको १५ दिने अल्टिमेटम

अटेरी गरे आफैंले डोजर लगाएर भत्काइदिने

काठमाडौं ।टोखा नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गरेको आग्रहलाई अधिकांशले बेवास्ता गरेका छन् । अघिल्लो पटक गरिएको आग्रह अटेरी गरेपछि नगरपालिकाले त्यस्ता संरचना खाली गराउन पुनः प्रक्रिया थालेको छ ।

टोखा नगरपालिकाले ०७९ भदौ ९ गते नगरकार्यपालिकाको बैठकबाट आफ्नो क्षेत्रभित्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गराउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । तर अतिक्रमणमा संलग्नले अझैसम्म त्यस्ता संरचना हटाउन आनाकानी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जनाए । नगरपालिकाकाले १७ महिनाअघि नगरपालिका क्षेत्रभित्रका नदीनाला तथा खोला खोल्सीका करिडोरको मापदण्डमा बनेका संरचना हटाउन पनि भनेको थियो । तर यसमा बनेका संरचना पनि अझैसम्म हटेका छैनन् ।

डेढ वर्षअघि दिइएको निर्देशन पालना नभएपछि नगरपालिकाले मंगलबार फेरि सूचना जारी गरेर १५ दिने अल्टिमेटम दिएको छ । उक्त समयभित्र पनि जग्गा संरचना नहटाएमा नगरपालिकाले कानूनबमोजिम खाली गराउने नगरपालिकाद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष