नेपाली युवकविरुद्ध अस्ट्रेलियामा पक्राउ पुर्जी जारी

काठमाडौं । अस्ट्रेलियाको प्रहरीले एक नेपाली युवकविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नेपालका २६ वर्षीय रिदम भट्टचनविरूद्ध अष्ट्रेलियाको औबर्न प्रहरीले मंगलबार पक्राउ पुर्जी जारी गरेको हो।
उनीविरुद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको बताइएको छ ।
औबर्न प्रहरीले रिदमको तस्बिर सार्वजनिक गर्दै उनको खोजी तीव्र पारिएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको छ ।
रिदम विगतदेखि नै अस्ट्रेलियामा आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको छ । उनको नेपालको ठेगानाबारे केही खुलेको छैन ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया