नेपाली युवकविरुद्ध अस्ट्रेलियामा पक्राउ पुर्जी जारी
काठमाडौं । अस्ट्रेलियाको प्रहरीले एक नेपाली युवकविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नेपालका २६ वर्षीय रिदम भट्टचनविरूद्ध अष्ट्रेलियाको औबर्न प्रहरीले मंगलबार पक्राउ पुर्जी जारी गरेको हो।
उनीविरुद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको बताइएको छ ।
औबर्न प्रहरीले रिदमको तस्बिर सार्वजनिक गर्दै उनको खोजी तीव्र पारिएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको छ ।
रिदम विगतदेखि नै अस्ट्रेलियामा आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको छ । उनको नेपालको ठेगानाबारे केही खुलेको छैन ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया