सन्दीपको नाममा हुटिङ गर्ने दर्शक मैदानबाट आउट

काठमाडौं । त्रिवि मैदानमा नेपाल र क्यानाडाबीचको खेल भइरहँदा केहीबेर तनावको स्थिती सिर्जना भएको छ ।
बलात्कारको अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाएपछि तनाव उत्पन्न भएको हो । खेल जारी भइरहँदा दर्शकले सन्दीप लामिछानेको नाममा हुटिङ गरेका थिए । हुटिङ गर्नेमध्ये दुई जनालाई प्रहरीले मैदानबाट निकालेको छ ।
‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै दर्शक दिर्घाबाट हुटिङ भएपछि प्रहरीले हस्तक्षप गर्यो । दर्शकले बोकेका केही ब्यानर पनि प्रहरीले खोसेको छ । केहीबेर रोकिएको खेल अहिले सुचारु भइसकेको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया