न्याय सेवाले माग्यो जिल्ला न्यायाधीश (विज्ञापनसहित)
काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदमा आवेदन आह्वान गरेको छ ।
आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्ने गरी आयोगले ४३ सिटमा शुक्रबार आवेदन आह्वान गरेको हो ।
आयोगद्वारा प्रकाशित सूचनाअनुसार आन्तरिक खुलामा २१, खुलामा १२, महिलामा २, आदिवासी जनजातिमा २, मधेसी २ र दलित, अपांगमा १/१ सिट छुट्याइएको छ ।
आवेदन सूचना प्रकाशित भएको मितिले ३० दिन र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म दिन सकिनेछ ।
आयोगले विज्ञापनसँगै परीक्षा कार्यक्रमसमेत सार्वजनिक भएको छ । जसअनुसार प्रथम पत्रको परीक्षा आगामी वैशाख २७ गते सञ्चालन हुनेछ । द्वितीय, तृतीय र चौथो पत्रको परीक्षा क्रमशः वैशाख २८, २९ र ३० गते सञ्चालन हुनेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’



प्रतिक्रिया