NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

न्याय सेवाले माग्यो जिल्ला न्यायाधीश (विज्ञापनसहित)

काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदमा आवेदन आह्वान गरेको छ ।

आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्ने गरी आयोगले ४३ सिटमा शुक्रबार आवेदन आह्वान गरेको हो ।

आयोगद्वारा प्रकाशित सूचनाअनुसार आन्तरिक खुलामा २१, खुलामा १२, महिलामा २, आदिवासी जनजातिमा २, मधेसी २ र दलित, अपांगमा १/१ सिट छुट्याइएको छ ।

आवेदन सूचना प्रकाशित भएको मितिले ३० दिन र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म दिन सकिनेछ ।

आयोगले विज्ञापनसँगै परीक्षा कार्यक्रमसमेत सार्वजनिक भएको छ । जसअनुसार प्रथम पत्रको परीक्षा आगामी वैशाख २७ गते सञ्चालन हुनेछ । द्वितीय, तृतीय र चौथो पत्रको परीक्षा क्रमशः वैशाख २८, २९ र ३० गते सञ्चालन हुनेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष