कोशीमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए सपथ
मोरङ । कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सनुवार र उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री तथा सामाजिक विकासमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का राजेन्द्र कार्की र खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाई मुख्यमन्त्री कार्कीले नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले दुई कांग्रेसका प्रदेशसभा सदस्यलाई राज्यमन्त्रीमा समेत नियुक्त गरेका छन्। उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्। आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिताकुमारी गुरुङ राम नियुक्त भएकी हुन् ।
यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रीमा गणेश उप्रेती र भौतिक पूर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु नियुक्त भइसकेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया