स्कारपियोबाट झण्डै दुई करोड नक्कली नोट बरामद
विराटनगर । भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा सुनसरीको इनरुवाबाट प्रहरीले एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको छ ।
नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ ।
आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो ।
शङ्कास्पद अवस्थाको स्कारपियो गाडी खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाई ल्याइएको नक्कली नोटहरू बरामद भएको हो ।
स्कारपियोको पछाडिको भागमा बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको थियो । प्रहरीले स्कारपियो चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई पक्राउ गरेको छ । स्कारपियोमै सवार रहेका अर्का व्यक्ति फरार छन् ।
ताजा अपडेट
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?


प्रतिक्रिया