NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

५ मनिचेञ्चरको लाइसेन्स रद्द

काठमाडौं। नेपाल राष्ट्र बैंकले नविकरण नगरेका ५ वटा मनिचेञ्चरको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ ।

राष्ट्र बैंकका अनुसार काठमाडौं बसन्तपुरको फेयर मनि एक्सचेञ्ज, भक्तपुर तौमढीको न्यातपोल मनि एक्सेञ्ज, काठमाडौं क्षेत्रपाटीको कैलाश मनि एक्सचेञ्ज, रसुवा गोसाइकुण्डको ग्रेस मनि एक्सचेञ्ज र लालदरबार काठमाडौंको रुट नेपाल मनि एक्सचेञ्जको लाइसेन्स रद्द भएको हो।

मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौंथो संशोधनसहित) को विनिमय १९को उप विनियम (३) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष