ग्लोबल आईएमई बैंकले ल्यायो विशेष घरकर्जा योजना, १२ करोडसम्मको कर्जा पाइने

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार १० वर्षसम्मका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने अफर सार्वजनिक गरेको हो ।
बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी घर कर्जा योजना सार्वजनिक गरेको हो ।
यस योजनाअन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका व्यक्तिहरूले सहज रुपमा कर्जा सार्न समेत सक्नेछन् ।
यस योजनामा सेवाग्राहीले १० वर्षसम्मका लागि ९.९९ प्रतिशत व्याजदरमा, १० देखि १५ वर्षसम्मका लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढी अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउने बैंकले जनाएको छ । आवश्यक कागजात पेस गर्ने व्यक्तिलाई २ दिनभित्रमा कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।
सीमित अवधिका लागि लागु हुने यस योजना अन्तर्गत देशैभरका ७७ वटै जिल्लामा रहेका यस बैंकका शाखाबाट यो सुविधा उपभोग गर्न सकिने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुझाव प्रस्तुत
-
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
-
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
-
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति
-
सेयर नामसारीको कसरी गर्ने, प्रक्रिया कस्तो हुन्छ ?
प्रतिक्रिया