कर्जा जोखिम भारको दरलाई तोडमोड गरेको समाचारप्रति एनआईसी एशिया बैंकको ध्यानाकर्षण
काठमाडाैं । एनआईसी एशिया बैंकले कर्जा जोखिम भारको दरलाई तोडमोड गरेको भन्ने भ्रामक समाचारमाथि ध्यानाकर्षण भएको जानकारी दिएको छ ।
हाल केही सञ्चार माध्यमहरूमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको लगायतका विषयहरूमा प्रकाशित भ्रामक समाचारहरूप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘नेपाल राष्ट्रबैंकद्वारा जारी एकिकृत निर्देशनको Capital Adequacy Framework 2015 मा उल्लेखित Risk Weight Classification सम्बन्धी व्यवस्थाहरू मध्ये Claims Secured by Residential Properties भित्र कस्ता कस्ता कर्जाहरू पर्ने भन्ने सम्बन्धमा हाल मुलुकका अन्य वाणिज्य बैंकहरूले अपनाएका अभ्यास समेतलाई मध्यनजर गर्दै बैंकले यस सम्बन्धमा आफ्नो बुझाई अनुरुप वर्गीकरण गरी सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष रिपोर्टिङ गरेको गरेको थियो । यस सम्बन्धमा केही सञ्चार माध्यमहरूमा विभिन्न विषयहरू उठेपश्चात् बैंकले नेपाल राष्ट्र बैंक समक्ष उक्त विषयका सम्बन्धमा नियामकीय मार्गदर्शनको लागि अनुरोध गरे बमोजिम नेपाल राष्ट्रबैंकबाट प्राप्त मार्गदर्शनको आधारमा Claims Secured by Residential Properties सम्बन्धमा बैंकको बुझाईलाई अद्यावधिक गरी सोही बमोजिम नेपाल राष्ट्र बैंकलाई रिपोर्टिङ गरिसकिएको
व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
यस विषयवाहेक बैंकले रियल स्टेठ सेक्टरमा नेपाल राष्ट्रबैंकले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको भन्ने समाचार सत्य, तथ्यमा आधारित नरहेको प्रस्ट पारेको छ । रियल स्टेट सेक्टरमा बैंकले आफ्नो कुल कर्जाको २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्नेमा २०८० पौष मसान्तसम्ममा १०.१४ प्रतिशत मात्र कर्जा प्रवाह गरेको जानकारी गराएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया