NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

भ्यालेन्टाइन ‘डे’ किन मनाइन्छ ?

काठमाडाैं । आज ‘प्रणय दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’ । ‘भ्यालेन्टाइन डे’ माया गर्ने जोडीहरुका लागि निकै विशेष हुन्छ । यो दिवस सबैले आ–आफ्नो शैलीमा मनाउँछन् । नेपालमा पनि पछिल्लो समय यो दिवसले प्राथमिकता पाउन थालेको छ ।

आफ्नो प्रेम र भावना व्यक्त गर्नको लागि कुनै विशेष समय नभए पनि हरेक वर्ष १४ फेब्रअरीमा आफ्नो भावना व्यक्त गर्न यो दिवस मनाइन्छ ।

प्रेमको यो दिवस फ्रेब्रुअरी ७ बाट सुरु भई १४ फेब्रुअरीसम्म चल्छ । यी सबै दिनहरूमा मानिसहरू आफ्नो पार्टनरलाई विशेष महसुस गराउन विभिन्न तरिकाहरू प्रयास गछन् ।

भ्यालेन्टाइन ‘डे’ किन मनाइन्छ ?

भ्यालेन्टाइन ‘डे’ विशेष गरी सेन्ट भ्यालेन्टाइन, एक प्राचीन रोमन पादरीको सम्मानमा मनाइन्छ। उनले मानिसहरूलाई प्रेम गर्न र प्रेममा विश्वास गर्न सिकाएका थिए । तेस्रो शताब्दीमा, सेन्ट भ्यालेन्टाइनले रोमन राजा क्लाउडियसको आदेशविरुद्ध ईसाई जोडीहरूलाइ विवाह गर्न मद्दत गरे । राजा क्लाउडियस राजाको विरुद्धमा याे काम भएकाेमा रिसाए ।

त्यसैले  उनले भ्यालेन्टाइनलाई फाँसीको सजाय सुनाइयो । उनलाई १४ फेब्रुअरीमा फाँसी दिइएको थियो । त्यसैले उनको बलिदानको सम्झनामा यो दिन मनाइन्छ । धेरैजसो जोडीले भ्यालेन्टाइन डे रोचक तरिकाले मनाउँछन् । सबैले एउटै तरिकाले मनाउँछन् या मनाउनुपर्छ भन्ने यो दिवसको कुनै नियम छैन । जसलाई जसरी मन पर्छ त्यसरी नै मनाउन सक्छन् ।

आजको दिन आफूले मायाँ गरेको प्रेमी या प्रेमिका, आमाबुवा, साथीभाइलगायतलाई प्रेम व्यक्त गरी यो दिवस मनाउँछन् । यो दिनमा मायाँ व्यक्त गर्ने सबैको आफ्नो आफ्नो तरिका हुने गर्छ ।

तर यदि तपाईं कसैलाई आफ्नो प्रेम व्यक्त गर्न चाहनुहुन्छ भने, उसलाई रोमान्टिक कविता या सायरीमार्फत आफ्नो मनको कुरा सुनाउनुहोस्, जसले तपाईंको प्रेमको अभिव्यक्तिलाई अझ विशेष बनाउँछ ।