कस्तो रहला आजको मौसम ?
काठमाडौं । नेपालमा केही समययता पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यही वायुको प्रभावले मौसममा बदलीदेखि वर्षासम्म भइरहेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले देशको पहाडी भूभागमा आंशिक बदली भए पनि बाँकी भूभागको मौसम सामान्यतया सफा छ । तराई भने हुस्सु कुहिरोले लपेटिएको छ । जसका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ ।
चिसोले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्ने भन्दै मौसमविद्ले सतर्क रहन आमनागरिकलाई अनुरोध गरेका छन् ।
मौसमविदका अनुसार, शुक्रबार ६ प्रदेशमा वर्षाको सम्भावना नदेखिए पनि एक प्रदेशमा पानी पर्न सक्छ । मौसमविदले गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको हो ।
शुक्रबार राति पनि अधिकांश स्थानको मौसम सफा रहनेछ । दुई प्रदेशका उच्च पहाडी भूभागका एक स्थानमा भने हिमपात हुने मौसमविद्ले जनाएका छन् । मौसमविद्का अनुसार, गण्डकी र कोशीका उच्च पहाडी भूभागमा आज राति हिमपात हुने सम्भावना छ ।
शनिबार भने कुनै पनि प्रदेशमा वर्षाको छैन । महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनमा आइतबार देशका केही भागमा वर्षा हुने जनाइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया