नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जारी गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले फागुन १ गतेदेखि ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र निष्कान गर्न लागेको जनाएको छ।
बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०’ जारी गर्न लागेको हो । यसमा वार्षिक १० प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।
निष्काशन गर्न लागेकत्र ऋणपत्र १६ लाख १६ हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । जसमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।बाँकी २४ लाख २४ हजार इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया