दिप्ती र सुप्रिताको मायाको रङमा रंगिदै लिभोन
काठमाडौं । कपाल हेरचाहको क्षेत्रमा एक विश्वसनीय नाम लिभोन कानुनी रूपमा आफ्नो विवाह दर्ता गर्ने दक्षिण एसियाकै पहिलो समलिङ्गी जोडी दीप्ती र सुप्रितासँगै आफ्ना सबै जीवन्त रङहरुमा रंगिएर प्रेमको उत्सव मनाएको छ। लिभनसमेतको सहनिर्माणमा बनेको एक भिडियोमा कैद गरिएको उनीहरूको यात्राले हामीलाई आफ्नो अस्तित्वलाई स्वीकार गर्न र समान प्रेमका लागि उभिन प्रेरित गर्दछ।
आफ्ना उत्पादनहरूमार्फत् जीवनका विविध रङहरू मनाउँदै आएको लिभोनले आज उनीहरूको मायाका जीवन्त रङहरूको उत्सव मनाउँदैछ। दीप्ती र सुप्रिताले आफ्नो नयाँ अध्याय सुरु गरेकोमा लिभोनले उनीहरूलाई हृदयदेखि नै बधाई र सुखमय दाम्पत्य जीवनको शुभकामना व्यक्त गरेकाे छ । लिभोनले उनीहरूको कथा हेर्न र प्रेमका जीवन्त रङहरूले विविध स्वरुपमा पोतिएको संसारलाई अवलोकन गर्न भनेकाे छ ।
लिभनका बारेमा
लिभन कपालको हेरचाहमा जोड दिने एक प्रिमियम श्रेणीको ब्रान्ड हो। यो कपाल हेरचाहका सामग्रीहरु उत्पादन गर्ने मारिको लिमिटेडको ब्रान्डहरूमध्येकै एक हो। यस ब्रान्डले “गर्जियस हेयर डे, एभरी डे” भन्ने आफ्नो नाराअनुरुप महिलाहरूको भावनालाई उकास्ने र उनीहरूलाई आफ्ना बारेमा राम्रो महसुस गराएर सशक्तिकरण गर्ने उद्देश्य राखेको छ।
मारिकोका बारेमा
मारिको लिमिटेड विश्वव्यापी सौन्दर्य र वेलनेस कोटीहरूमा काम गर्ने भारतको अग्रणी उपभोग्य वस्तु निर्माता कम्पनीहरूमध्ये एक हो। मारिकोले कपालको हेरचाह, छालाको हेरचाह, खाद्य तेल, रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वस्थकर खाना, पुरुष ग्रूमिङ र कपडाको हेरचाहमा क्रियाशील अग्रणी ब्रान्डहरूको अभिभावकत्व गर्छ। आर्थिक वर्ष २०२०-२१ मा मारिकोले भारत र एशिया तथा अफ्रिकाका छानिएका बजारहरूमा आफ्ना उत्पादनहरुको बिक्री मार्फत् लगभग ८०.५ बिलियन भा.रू. (१.१ बिलियन अमेरिकी डलर) को रेकर्ड कारोबार गरेको छ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया