बालकुमारी घटनामा मन्त्रीका पिएसओ र डिएसपी मुख्य दोषी भएको छानबिन समितिको निष्कर्ष

काठमाडाैं । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोग छानविन समितिले आज प्रतिवेदन बुझाएको छ । प्रतिवेदनले उक्त घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पिएसओ र डिएसपी मुख्य दोषी भएको छानबिन समितिको निष्कर्ष निकालेको छ ।
सरकारले पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । जसमा पूर्वएआइजी अरुण बिसी सदस्य र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य सचिव रहेका थिए ।
इपिएस परीक्षासम्बन्धि विवादमा गत १३ पुसमा बालकुमारीमा युवाहरुले गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुई युवकले ज्यान गुमाएका थिए ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया